Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बहुविवादित एमसीसीसँगै नागरिकता र निजामती ऐन अन्यौलमा

बहुविवादित एमसीसीसँगै नागरिकता र निजामती ऐन अन्यौलमा

  • बिहिवार, आषाढ १८ २०७७

  • 920
    SHARES

  • बहुविवादित एमसीसीसँगै नागरिकता र निजामती ऐन अन्यौलमा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अचानक संसद अधिवेशन अन्त्य गरेपछि बहुविवादित एमसीसीसँगै नागरिकता र निजामती कर्मचारी सम्वन्धी विधेयक अन्यौलमा परेको छ ।


    संसदमा पेश गर्नु पर्ने अवस्थामा रहेका यी तीनसहितका दर्जनौ विषयको बाँकी प्रक्रिया अबरुद्ध भएको छ । एमसीसीलाई संसदमा पेश गरेर पारित गर्नु पर्ने म्याद केही दिन अगाडी गुज्रिएपनि कोरोनालाई कारण देखाउदै म्याद थप्न लागिएको थियो । थपिएको म्याद भित्र संसदबाट एमसीसी पारित गर्नुपर्ने दवाव रहेपनि अव त्यो पछाडी सरेको छ ।


    त्यसैगरी संसदीय समितिबाट पारित भएर संसदमा पेश गर्न लागिएको बहुविवादित नागरिकता सम्वन्धी विधेयक पनि केही समय यत्तिकै थन्किने भएको छ । विदेशी बुहारीलाई विहे लगत्तै नागरिकता दिने व्यवस्था गर्ने की समयावधि तोक्ने भन्नेमा विवाद भइरहेका बेला विधेयक थन्किने भएको हो । ऐनका केही प्रावधानप्रति काँग्रेससहितका सवैजसो विपक्षी दलहरुले असहमती जनाएका थिए ।


    केही दिन अगाडीदेखि कर्मचारीहरुलाई समेत आन्दोलीत बनाएको निजामती कर्मचारी सम्वन्धी विधेयक पनि अव अगाडी नबढ्ने भएको छ । विधेयकका केही व्यवस्थामा धेरै कर्मचारीहरुले असन्तुष्टि जनाउदै आन्दोलनको घोषणा समेत गरेका थिए । त्यस बाहेक अरु पनि धेरै बहुचर्चित र बहुसरोकार भएका विधेयकहरु पनि अन्यौलतमा परेका छन् ।


    बिहिवार, आषाढ १८ २०७७०३:०९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij