Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्से ५६.७३ अंकले बढ्यो, कारोबार भने झन् घट्यो

नेप्से ५६.७३ अंकले बढ्यो, कारोबार भने झन् घट्यो

  • मंगलवार, पौष ६ २०७८

  • 1.1K
    SHARES

  • नेप्से ५६.७३ अंकले बढ्यो, कारोबार भने झन् घट्यो

    काठमाडौँ । लगातार घटिरहेको सेयर बजारमा आज उच्च अंकको सुधार आएको छ । साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपालको पुँजीबजार मापक परिसूचक ’नेप्से’ ५६.७३ अंकले बढेको छ । यससँगै नेप्से २हजार ४सय १५.५५ विन्दुमा उक्लिएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कारोबार रकम भने घटेको छ । आज कूल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार रुपैयाँमा कारोबार खुम्चिएको हो । आज कूल २२६ वटा कम्पनीका ४९ लाख ७४ हजार २५३ कित्ता सेयर ३४ हजार २१७ पटक खरिद–बिक्री भएका छन् ।

    कारोबार भएकामध्ये १८० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने छ वटा कम्पनीको सूचक नकारात्मक बनेको छ । यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ११.३४ अंकले बढेर ४ सय ६२.५२ विन्दुमा उक्लिएको छ ।

    आज ग्रिन डेभलपमेण्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८.८९ प्रतिशतका दरले गुमाएका छन् । आज सबै उपसमूहमा हरियाली छाएको नेप्सेले जनाएको छ ।


    मंगलवार, पौष ६ २०७८०४:३३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij