Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

अदालत परिसरमा नाराबाजी नगर्न कानुन व्यवसायीलाई निर्देशन

अदालत परिसरमा नाराबाजी नगर्न कानुन व्यवसायीलाई निर्देशन

  • मंगलवार, पौष ६ २०७८

  • 272
    SHARES

  • अदालत परिसरमा नाराबाजी नगर्न कानुन व्यवसायीलाई निर्देशन

    काठमाडौं । सर्वोच्च अदालत प्रशासनले आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न भनेको छ ।

    हिजो सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेको नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभएको छ।

    सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको श्रेष्ठले बताउनु भयो। सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने उहाँको भनाई छ ।

    ’जबसम्म प्रधानन्यायाधीशको राजीनामा आउँदैन हाम्रो आन्दोलन जारी रहन्छ,’ श्रेष्ठले भन्नुभयो, ’बैठकबाट अर्को निर्णय नभएसम्म निरन्तर आन्दोलन जारी रहन्छ हामीले भनेका छौं ।’

    सर्वोच्च प्रशासनले पहिले पनि प्रहरी प्रशासन लगाएर आन्दोलन दबाउन खोजेको उहाँको भनाइ छ ।सर्वोच्च अदालतमा झन्डै दुई महिनादेखि गतिरोध जारी रहेको छ । सर्वोच्चको गतिरोध अन्त गर्न सत्ता गठबन्धनले गृहकार्य सुरु गरे पनि सफल भएको छैन ।

    न्यायपालिका सुधार आवश्यक रहेको भन्दै सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बारले राजीनामा माग्दै आएका छन् ।


    मंगलवार, पौष ६ २०७८११:१८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij