Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

काँग्रेसमा अव गुटको हैन, जुटको राजनीति हुन्छ : खतिवडा

काँग्रेसमा अव गुटको हैन, जुटको राजनीति हुन्छ : खतिवडा

  • मंगलवार, पौष ६ २०७८

  • 441
    SHARES

  • काँग्रेसमा अव गुटको हैन, जुटको राजनीति हुन्छ :  खतिवडा

    काठमाडौं । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले काँग्रेसमा अव गुटको हैन, जुटको राजनीति हुने दावी गर्नु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले महाधिवेशनपछि सवै गुठ अन्त्य भएको दावी गर्नुभयो ।
    “अधिवेशन लड्ने बेलामा समुहहरु हुन सक्छन, तर अधिवेशन सकिएपछि ती समूहहरु अन्त्य गर्नु पर्छ,” नेता खतिवडाले भन्नुभयो ।

    काँग्रेसको महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका खतिवडाले अव सभापति देउवाले गुटको बैठक नबोलाउने दावी पनि गर्नुभयो ।

    “सभापति देउवाले अव गुटको बैठक बोलाउनु हुदैन, अरुले पनि गर्नु हुदैन, काँग्रेस अव गुटले हैन जुटले चल्छ,” उहाँले भन्नुभयो ।

     


    मंगलवार, पौष ६ २०७८०९:१७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij