काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार(आज) नेपालको सेयर बजार दोहोरो अंकले घटेको छ । हिजो सार्वजनिक बिदा परेका कारण सेयर बजार बन्द थियो ।
आज पुँजीबजार मापक परिसूचक ’नेप्से’ १७ दशमलव ९३ अंकले घटेको छ । यससँगै नेप्से २हजार ३ सय ५८ दशमलव ८१ विन्दुमा ओर्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल २३१ वटा कम्पनीका ५४ लाख ३९ हजार ८७ कित्ता सेयर ३७ हजार ३६७ पटक खरिद–बिक्री भएका थिए ।
कारोबार भएकामध्ये ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी कम्पनीको सूचक नकारात्मक बनेको छ ।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ३४ अंकले घटेर ४ सय ५१ दशमलव १९ विन्दुमा ओर्लिएको छ ।
आज गुर्खाज फाइनान्स र हिमालयन डिस्टिलरी लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको छ । माउण्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ६.१७ प्रतिशतका दरले गुमाएका छन् ।
आज सबै उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ ।