Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
काँग्रेस १४औँ महाधिवेशन

महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणनाः १६०० गणना गर्दा डिला,पुष्पा र आरजु अगाडि

महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणनाः १६०० गणना गर्दा डिला,पुष्पा र आरजु अगाडि

  • सोमवार, पौष ५ २०७८

  • 548
    SHARES

  • महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणनाः १६०० गणना गर्दा डिला,पुष्पा र आरजु अगाडि

    काठमाडौँ । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म १ हजार ६ सय मत गणना भएको छ । अहिलेसम्मको परिणाममा डा.डिला संग्रौलाले अग्रता लिनुभएको छ । उहाले १ हजार १४ मत पाउँदा पुष्पा भूसाल ९ सय ७० मतसहित दोस्रो स्थानमा रहनुभएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ९ सय १ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ ।

    त्यस्तै अम्बिका बस्नेत ८ सय ११ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ७ सय ८६ मतसहित पाँचौ स्थानमा रहनुभएको छ । त्यस्तै सरिता प्रसाइँ ७ सय ६८ मतसहित छैटौ स्थानमा रहनुभएको छ ।

    खुला महिला केन्द्रीय सदस्यमा ९ जनाका लागि ३० जनाको प्रतिष्पर्धा छ । यसअघि आइतबार पुरुषतर्फ खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए ।

     


    सोमवार, पौष ५ २०७८०१:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij