Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी

कांग्रेस महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी

  • सोमवार, पौष ५ २०७८

  • 545
    SHARES

  • कांग्रेस महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी

    काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।

    पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुनः सुरु गरिएको हो।

    पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।

    महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् त्यसैगरी मधेशी महिलातर्फ ४ जना निर्वाचित हुनेछन् ।

     


    सोमवार, पौष ५ २०७८१०:२०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij