Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमसीसी पास गर्न अघि बढ्यो सरकार, एमालेले राख्यो यस्तो सर्त

एमसीसी पास गर्न अघि बढ्यो सरकार, एमालेले राख्यो यस्तो सर्त

  • शनिवार, पौष ३ २०७८

  • 1.3K
    SHARES

  • एमसीसी पास गर्न अघि बढ्यो सरकार, एमालेले राख्यो यस्तो सर्त

    काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा एमालले बहिष्कार गर्ने भएको छ । यसअघि पनि प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नभएको एमालेले भोलि अपरान्ह ४ बजे बोेलाइएको बैठक पनि बहिष्कार गर्ने भएको हो ।

    संसदमा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । यो बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

    तर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई पनि बोलाएकोले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले बताएका छन् । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले समस्या समाधानका लागि भन्दै सरकारले छलफलका नाममा झारा टार्ने काम गरेकोले आफूहरू सहभागी नहुने बताउनुभयो ।

    एमाले सचेतक विशाल भट्टराईले पनि समस्या सरकार, एमाले र सभामुखबीच रहेकोले सर्वदलीय बैठकमा आफूहरू साक्षी बस्न सहभागी नहुने प्रष्ट पार्नुभयो । संसदको गतिरोध हटाउने हो भने सभामुखले एमालेसँग कुरा गर्नुपर्ने उहाँले बताउनुभयो । एमसीसीबारे एमालेसँग कुरा गर्नुभन्दा पहिले सत्तागठबन्धन एकमत भएर आउनुपर्ने आफूहरूको प्रष्ट धारणा रहेको उहाँले बताउनुभयो ।

    प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । उक्त बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने सरकारको तयारी छ । त्यसअगाडि प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्नुभएको हो ।

    तर संसदको ठूलो शक्ति एमालेले सर्वदलीय बैठकमा भाग नलिने बताएपछि राजनीति कसरी अघि बढ्छ कौतुहल बढेको छ । कतिपयले एमसीसीकै कारण सत्ता गठबन्धन ढल्न सक्ने दाबी पनि गरिरहेका छन् ।

    एमालेले एमसीसी पास गर्ने हो भने गठबबन्धन भत्काउन तयार हुनुपर्ने सर्त राखेका समाचार पनि बाहिर आइरहेका छन् ।


    शनिवार, पौष ३ २०७८०७:५३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij