Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना आज हुने

३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना आज हुने

  • शनिवार, पौष ३ २०७८

  • 382
    SHARES

  • ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना आज हुने

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आज शनिवार १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

    कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन पनि आग्रह गरेका छन् ।

    खुल्ला केन्द्रीय सदस्यको मत गनिसकेपछि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।


    शनिवार, पौष ३ २०७८०८:४६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij