Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

केन्द्रीय सदस्यमा देउवापक्षको विजयी सुरुवात, चित्रलेखाले जितिन्

केन्द्रीय सदस्यमा देउवापक्षको विजयी सुरुवात, चित्रलेखाले जितिन्

  • शनिवार, पौष ३ २०७८

  • 480
    SHARES

  • केन्द्रीय सदस्यमा देउवापक्षको विजयी सुरुवात, चित्रलेखाले जितिन्

    काठमाडौं - नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत विजयी पहिलो केन्द्रीय सदस्यको घोषणा भएको छ। 

    शुक्रबार प्रदेश २ बाट एक जना महिला केन्द्रीय सदस्यका लागि गरिएको मतगणनामा चित्रलेखा यादव निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गरेकी हुन् ।

     चित्रलेखाले  २७३१ मत पाएकी छन् भने चौधरीले १८८५ मत ल्याएकी छन् । यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

     


    शनिवार, पौष ३ २०७८०६:३३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij