काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड विच अहिले जुहारी चलेको छ ।
बुधबार ललितपुरमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएको दाबी बाहीरीपछि नेताहरुविच जुहारी चलिरहेको हो ।
बुधबार एमालेबाट मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएको दाबी गर्नुभएको थियो।
ओलीको यो भनाई वाहीरीएसंगै विहीवार हिजो प्रचण्डले एक वक्तव्य मार्फत उक्त भनाईको खण्डन गर्दै आरोप प्रमाणीत गर्न चेतावनी दिनुभएको छ । साथै प्रचण्डले ओरोप प्रमाणीत गर्न नसके ओलीले जनता सामु माफी माग्नुपर्ने बताउदै उहाँले वकतव्यमा लेख्नुभएको छ । ‘म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु,’ प्रचण्डले ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप पनि लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कसंग कुरा गर्दै माओवादी केन्द्रका नेता एवं सांसद रामनारायण बिडारीले एमाले अध्यक्ष ओली नै पूर्वराजा ज्ञानेन्द्रका खेताला भएको आरोप लगाउनुभएको छ । प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहमति नगरेको बताउदै उहाँले नेपालमा ओली झुटलाई सत्य साबित गर्न, जनतालाई झुक्याउन र भ्रम पार्न माहिर रहेको तर्क गर्नुभयो।
कुनै बेला एकै पार्टीका अध्यक्ष रहेका दुई शिर्ष नेताहरु ओली र प्रचण्डविच आरोप प्रत्यारोप चलीरहदा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डले गरेको पाँचबुँदे सहमतिको प्रमाण भएको दाबी गर्नुभएको छ ।शान्तिप्रक्रियामा आउनुभन्दा अघि पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डले गरेको पाँच बुँदे सहमतिको प्रमाण आफुहरुसंग रहेको बताउनुभएको हो ।
२ पार्टीका अध्यक्षहरु पोल खोलाखोल गरिरहदा राजनितिक विश्लेषक मुमाराम खनालले भने नेताहरु मिल्दा विवादका कुरा वाहिर नआउने तर मतभेद भएपछि मात्र विवादित कुरा आउनुु राजनितीक प्रोपोगान्डा मात्र भएको बताउनुहुन्छ ।