Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पुस्तान्तरणमा एमाले पहिलो, अरु पार्टीहरुले त्यसलाई फलो गरेः शंकर पोखरेल

पुस्तान्तरणमा एमाले पहिलो, अरु पार्टीहरुले त्यसलाई फलो गरेः शंकर पोखरेल

  • शुक्रवार, पौष २ २०७८

  • 1.4K
    SHARES

  • पुस्तान्तरणमा एमाले पहिलो, अरु पार्टीहरुले त्यसलाई फलो गरेः शंकर पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको पुस्तान्तरणको सवालमा एमाले अगाडि भएको दावी गर्नुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा पोखरेलले अहिले कांग्रेस महाधिवेशनको मतगणना चलिरहेकाले त्यसप्रति चासो स्वभाविक हुने भए पनि आफूहरुको पार्टीमा पहिल्यै पुस्तान्तरणको प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।

    ’हामीकहाँ निर्वाचनको प्रक्रियाबाट नयाँ पुस्ताको प्रवेश आठौं राष्ट्रिय महाधिवेशनको समयदेखि सुरु भयो । नवौं महाधिवेशनमा तपाईंहरुले नयाँ साथीहरुलाई पदाधिकारीमा आएको देख्नुभयो । अहिले हाम्रो नेतृत्वको टिमभित्र हेर्नुहुन्छ भने पुस्ताको अन्तर स्वभाविक रुपमा देख्नुहुन्छ । त्यसकारण पुस्तान्तरणमा हामी पहिलो हौं । अरु पार्टीहरुले त्यसलाई फलो गरे’, उहाले भन्नुभयो ।

    आफूहरुले विधान अधिवेशनको माध्यमबाट राजनीतिक दलको गतिशीलताको लागि तीन पुस्ताको संयोजन आवश्यक छ भनेको उहाले स्मरण गराउनुभयो । ’अहिले हाम्रो केन्द्रीय समितिमा ४५ प्रतिशतभन्दा बढी नयाँ सदस्यहरु प्रवेश गर्नुभएको छ । यसलाई हेर्नुभयो भने नेकपा एमाले अगुवाइ गर्ने पार्टी हो भन्ने बुझ्नुहुन्छ’, उहाले भन्नुभयो ।

    पोखरेलले ३३ प्रतिशत महिला सहभागितालाई आधारभूत तहदेखि नै सुनिश्चित गर्ने पार्टीका रुपमा पनि एमाले अगाडि आएको बताउनुभयो । यसले स्वभाविक रुपमा नयाँ पुस्ताको प्रवेश भएको उहाको भनाइ छ ।


    शुक्रवार, पौष २ २०७८०४:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij