Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महाधिवेशन: पाँच सहमहामन्त्रीको मतगणना जारी

कांग्रेस महाधिवेशन: पाँच सहमहामन्त्रीको मतगणना जारी

  • शुक्रवार, पौष २ २०७८

  • 931
    SHARES

  • कांग्रेस महाधिवेशन: पाँच सहमहामन्त्रीको मतगणना जारी

    काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन अन्तर्गत सह–महामन्त्रीको विभिन्न क्लष्टरको मतगणना जारी छ ।

    सह–महामन्त्रीको बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू र खसआर्यको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको हो ।

    सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये ३ क्लष्टरको परिणाम सार्वजनिक भइसकेको छ। जसमा आदिवासी जनजाति, महिला र दलितबाट क्रमशः भिष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय डिना र दलिततर्फ जीवन परियार निर्वाचित भइसकेका छन् ।

    अब सहमहामन्त्री पदका खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्र अन्तरगतको नतिजा आउन बाँकी छ । सहमहामन्त्री खसआर्यमा किशोरसिंह राठोर र देवराज चालिसे उम्मेदवार छन्। यस्तै मधेसीबाट महेन्द्र यादव र रामकृष्ण यादव उम्मेदवार छन् ।

    थारुबाट उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा मुस्लिमबाट फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिस्पर्धामा छन् ।
    यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।


    शुक्रवार, पौष २ २०७८११:१७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij