Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राजीनामा बुझाउन पुगेका मीनेन्द्रलाई देउवाले सोधे– साच्चै दिने हो र ?

राजीनामा बुझाउन पुगेका मीनेन्द्रलाई देउवाले सोधे– साच्चै दिने हो र ?

  • बिहिवार, पौष १ २०७८

  • 1.3K
    SHARES

  • राजीनामा बुझाउन पुगेका मीनेन्द्रलाई देउवाले सोधे– साच्चै दिने हो र ?

    काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा व्यहोरेको पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिएका मीनेन्द्र रिजालले आफूले भावावेशमा निर्णय नगरेको बताउन भएको छ ।

    शेखर कोइराला टिमबाट महामन्त्रीमा उम्मेदवारी दिएका उहाँ ठूलो मतान्तरले पराजित हुनुभयो । प्रारम्भिक मत परिणाममा आफू पराजित हुने संकेत देखेसँगै उहाँले राजीनामा दिने घोषणा गर्नुभयो । अन्तिम मत परिणाम आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उहाँले राजीनामा पत्र बुझाइसक्नुभएको छ ।

    लगतै रक्षामन्त्रालयमा पत्रकार सम्मेलन गर्दै रिजालले भावावेशमा निर्णय नलिएको बताउनुभयो । उहाँका अनुसार पार्टीका नेताद्व रायमचन्द्र पौडेल र कृष्ण सिटौलाले यसो गर्न आवश्यक छ र भनेर सोधेका थिए भने पार्टीका सभापति समेत रहेका प्रधानमन्त्रीले साच्चै (राजीनामा) गर्ने हो र ? भनेर प्रश्न गरेका थिए ।

    अबका दिनमा जे गर्छु भन्ने लागेको थियो, त्यसका लागि जे राजनीति आवश्यक थियो, त्यो आफूसँग नरहेकाले राजीनामा दिने निर्णय गरेको रिजालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘निकै ठूलो मतान्तरले हारिसकेपछि आफ्नो अनुहार त राम्रो छ भन्न बहाना खोज्नु राम्रो होइन । चार वर्ष कांग्रेस चल्नुपर्छ, त्यसका लागि मेरो यो निर्णय उपयुक्त छ ।’


    बिहिवार, पौष १ २०७८०५:४४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij