Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना गर्ने तयारी

कांग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना गर्ने तयारी

  • बुधवार, मंसिर २९ २०७८

  • 610
    SHARES

  • कांग्रेस महाधिवेशन: उपसभापति पदको  मतगणना  गर्ने तयारी

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपराह्न ४ बजेबाट मतगणना हुने निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले जानकारी दिनुभयो ।

    उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उहाले बताउनुभयो ।  २ उपसभापतिका लागि ७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । महेश आचार्य, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह उम्मेदवार रहेका छन् ।


    आचार्यले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको हो भने कोइरालाले प्रकाशमान सिंहको प्यानलबाट प्रतिस्पर्धा गर्नुभएके हो । त्यसैगरी खड्का र गच्छदर सभापति शेरबहादुर देउवा, भण्डारी र गुरुङ कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएको हो। शाहले विमलेन्द्र निधिको समूहकी उम्मेदवार हुनुहुन्छ ।

    कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ । गयराति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।


    बुधवार, मंसिर २९ २०७८०३:४९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij