Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

अपडेटः २६७७ मतगणना सकियो, देउवा १२६५ सहित अगाडि

अपडेटः २६७७ मतगणना सकियो, देउवा १२६५ सहित अगाडि

  • मंगलवार, मंसिर २८ २०७८

  • 352
    SHARES

  • अपडेटः २६७७ मतगणना सकियो, देउवा १२६५ सहित अगाडि

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।

    सभापतिको मतगणना चलिरहँदा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् भने उनलाई डा. शेखर कोइरालाले पछ्याइरहेका छन् ।

    राष्ट्रियसभा गृहमा भइरहको मतगणनाको पछिल्लो विवरण यस्तो छ । अहिलेसम्म २६७७ मतगणना भएको छ ।

    शेरबहादुर देउवा १२६५
    शेखर कोइराला ९८०
    प्रकाशमान सिंह २०७
    विमलेन्द्र निधी १९५
    कल्याण गुरुङ १२

    अबको केहिबेरमा अन्तिम परिणाम सार्वजनिक हुनेछ । सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ ।

    गएराति साढे ११ बजे मतदान सकिएसँगै बिहान ४ बजेबाट सभापति पदको मतगणना गर्न थालिएको हो।

    नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको थियो । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।


    मंगलवार, मंसिर २८ २०७८०७:३२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij