Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
कांग्रेस १४औं महाधिवेशन

कांग्रेस महाधिवेशन अपटेडः अहिलेसम्म ६ सय मत खस्यो

कांग्रेस महाधिवेशन अपटेडः अहिलेसम्म ६ सय मत खस्यो

  • सोमवार, मंसिर २७ २०७८

  • 554
    SHARES

  • कांग्रेस महाधिवेशन अपटेडः अहिलेसम्म ६ सय मत खस्यो

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । जारी चुनावमा अहिलेसम्म ६०० मत खसेको छ । निर्वाचन समितिका सदस्य तेज रावलले दिउँसो साढे २ बजेसम्म ६०० प्रतिनिधिले मतदान गरेको जानकारी दिनुभएको छ । धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको निर्वाचन समितिले जनाएको छ ।

    ढिलागरी सुरु भएको मतदानमा सभापतिका प्रत्यास शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।

    अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । काँग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना रहेका छन् ।


    सोमवार, मंसिर २७ २०७८०२:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij