काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पदका उमेदवार विजयकुमार गच्छदारले सभापतिमा शेरबहादुर देउवा पहिलो चरणमा नै विजयी हुने दाबी गरेका छन् ।
आज पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मतदान गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गच्छदारले भने, “प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो चरणमा नै सभापति बन्नुहुन्छ । मत नै जित्ने आधार हो ।
जसरी प्रतिनिधि चयन भएको छ म त यकिनका साथ भन्छु, पहिल्यै चरणमा उहाँ सभापति बन्नुहुन्छ ।”
गच्छदारले मतदान प्रक्रिया लामो भएको पनि बताए ।
मतदान गर्न आफूलाई ५० मिनेट लागेको उनले सुनाएका छन् ।