काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए दुईवटा शक्तिकेन्द्र बन्ने र त्यो द्वन्द्वले पार्टी र सरकार दुवैलाई असर पार्ने बताउनु भएको छ।
आज कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गरेपछि सञ्चार मध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिले पार्टीभित्रको शक्ति सन्तुलन, अन्य राजनीतिक दलको विश्वास पाउन पनि शेरबहादुर देउवा नै सभापतिमा निर्वाचित हुनुपर्ने बताउनुभयो।
‘पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भएमा दुईवटा शक्ति केन्द्र स्थापना हुन्छ, त्यो द्वन्द्वले सरकारलाई पनि पार्टीलाई पनि असर पर्छ’ खाँडको भनाई छ ।