Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

काँग्रेस महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काँग्रेस महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

  • सोमवार, मंसिर २७ २०७८

  • 786
    SHARES

  • काँग्रेस महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

    काठमाडौँ – नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

    १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

    समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भएको छ । ८१४ बुथबाट ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्ने छन् ।

    महाधिवेशन शुक्रबारबाट सुरु भएको हो । एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको लागि प्रतिस्पर्धा हुँदैछ।


    सोमवार, मंसिर २७ २०७८०७:०७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij