Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
कांग्रेस महाधिवेशन

कांग्रेस सभापतिका लागि चार शीर्ष नेताको भिडन्त, कसको प्यानल बलियो ?

कांग्रेस सभापतिका लागि चार शीर्ष नेताको भिडन्त, कसको प्यानल बलियो ?

  • शनिवार, मंसिर २५ २०७८

  • 1.3K
    SHARES

  • कांग्रेस सभापतिका लागि चार शीर्ष नेताको भिडन्त, कसको प्यानल बलियो ?

    काठमाडौं – नेपाली कांग्रेसको भावि सभापतिका लागि चार शीर्ष नेताहरुबीच टकराव हुने भएको छ । बहालबावाला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरु शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

    ६ नेताले सभापतिमा उम्मेदवारी दर्ता गरे पनि देउवा, कोइराला, सिंह र निधीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । देउवाले सभापतिमा दोहोरिन चाहनुभएको छ भने उहाँलाई शेखर, निधि र प्रकाशमानको मुख्य चुनौती छ ।

    देउवा र कोइराला प्यानलसहित मैदानमा उत्रिएका हुन् । मुख्य प्रतिस्पर्धा उनीहरुबीच नै हुने आँकलन गरिएको छ । निधीले प्यानलबिना नै सभापतिमा उम्मेदवारी दर्ता गरेका गर्दा सिंहले एक उपसभापति र एक महामन्त्रीको टिम बनाउनुभएको छ ।

    देउवाको प्यानलमा पुराना अनुहारहरु धेरै छन् । उपसभापतिमा उहाँले पूर्णबहादुर खड्का र विजय गच्छदारलाई अघि सार्नुभएको छ । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उहाँको प्यानलमा समेटिनुभएको छ । युवा नेता पौडेल सिटौला समूहको तर्फबाट देउवा प्यानलमा मिसिनुभएको हो ।

    कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समावेश गरिएको छ । यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा रहनुभएको छ ।

    प्रकाशमानले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई उभ्याउनुभएको छ । शर्मा देउवाको प्यानलमा स्थान नपाएपछि सिंहको प्यानलमा खडा हुनुभएको हो ।


    शनिवार, मंसिर २५ २०७८०५:३१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij