Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महाधिवेशन: वरिष्ठ नेता पौडेलले उम्मेदवारी नदिने

कांग्रेस महाधिवेशन: वरिष्ठ नेता पौडेलले उम्मेदवारी नदिने

  • शनिवार, मंसिर २५ २०७८

  • 642
    SHARES

  • कांग्रेस महाधिवेशन: वरिष्ठ नेता पौडेलले उम्मेदवारी नदिने

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन्। शनिबार बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले जारी १४औं महाधिवेशनमा उम्मेदवारी नदिने प्रस्ट पारेका हुन्।

    आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि पौडेल पछि हटेका हुन्। उनका लागि शेखर कोइराला र शशांक कोइराला दाबी छाड्न तयार भए पनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेका हुन्। उनले आफ्नोपक्षबाट आफूलाई एकल उम्मेदवार बनाइएमात्रै अघि बढ्ने तयारी गरेका थिए।

    केही दिनअघि आफूपक्षको छलफलमा उनले सबै जना उम्मेदवार हुने भए आफूले राजनीतिबाट सन्यास लिने भावनात्मक अभिव्यक्ति दिएका थिए। उनले शुक्रबारकै उद्घाटन समारोहमा पनि सहभागिता नजनाउने तयारी गरेका थिए। तर नेताहरुको अनुरोधपछि उनी सहभागी भएका थिए।

    शनिबार बिहानको छलफलमा उनले आफूले राजनीतिबाट सन्यास पनि नलिने र उम्मेदवार पनि नहुने प्रस्ट पारेका हुन्। ‘एक जना मात्रै उम्मेदवार नहुने भएपछि मैले उम्मेदवारी दिन्नँ। राजनीतिबाट पनि सन्यास लिन्नँ,’ पौडेलको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने।

    पौडेल १३औं महाधिवेशनमा पनि सभापतिका उम्मेदवार थिए। तर देउवासँग पराजित भएका थिए।


    शनिवार, मंसिर २५ २०७८११:३०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij