Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पूर्व डीआईजी रमेश खरेलद्वारा नयाँ पार्टी निर्माणको घोषणा

पूर्व डीआईजी रमेश खरेलद्वारा नयाँ पार्टी निर्माणको घोषणा

  • शुक्रवार, मंसिर २४ २०७८

  • 1.0K
    SHARES

  • पूर्व डीआईजी रमेश खरेलद्वारा नयाँ पार्टी निर्माणको घोषणा

    काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गर्नुभएको छ । अज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डीआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गर्नुभएको हो ।

    उहाले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताउनुभयो । पूर्व डिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताउनुभएको छ ।

    पूर्व डीआईजी खरेलले भन्नुभयो, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शीरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ । हामी यसरी नयाँ पार्टीको हिसावले स्थापित हुन बाध्य भयौँ । देशमा समृद्धि भएको छैन । राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन ।
    राजनीतिमा लागेकाहरू पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन् । हामी तपाईहरुलाई कहिल्यै पनि धोका दिँदैनौँ ।’

    पूर्व डीआईजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताउनुभयो । उहाले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनानुभएको छ ।

     


    शुक्रवार, मंसिर २४ २०७८०५:४७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij