Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हरिबोल गजुरेलले खोले रहस्य, प्रचण्डलाई दिएका रहेछन् यस्तो सुझाव

हरिबोल गजुरेलले खोले रहस्य, प्रचण्डलाई दिएका रहेछन् यस्तो सुझाव

  • सोमवार, श्रावण १९ २०७७

  • 1.4K
    SHARES

  • हरिबोल गजुरेलले खोले रहस्य, प्रचण्डलाई दिएका रहेछन् यस्तो सुझाव

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता हरिबोल गजुरेलले पार्टीलाई फुटबाट जोगाउन आफूले अध्यक्ष प्रचण्डलाई दिएको सुझावबारे मुख खोलेका छन्।

    उनले पार्टीको विवाद समाधानका लागि अध्यक्षबाट राजीनामा दिएर अघि बढ्न प्रचण्डलाई सुझाव दिएको खुलासा गरेका हुन्।

    पार्टी फुट्नबाट जोगाउने एउटा अन्तिम अस्त्रको रूपमा प्रचण्डले अध्यक्षको पदबाट राजीनामा दिन आफूले सल्लाह दिएको नेता हरिबोल गजुरेलले बताएको बिबिसीले उल्लेख गरेको छ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा गजुरेलले आफूले दिएको सुझाव प्रचण्डले नमानेको बताएका थिए। तर उक्त दिन गजुरेलले उक्त सुझाव के थियो भन्नेबारे बताउन चाहेका थिएनन्। तर आफूले दिएको सुझाव नमानेर प्रचण्डले एउटा ठूलो अवसर गुमाउको उनको दाबी थियो।

    नेता गजुरेलका अनुसार उनको सुझाव कार्यान्वयन गर्ने उचित अवसर गत साता आइपरेको थियो जब प्रधानमन्त्रीले एकलौटी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेका थिए।

    ‘बैठक एकतर्फी रोक्दा मलाई पार्टीको कार्यकारी अध्यक्ष भन्ने तर अधिकार प्रयोग गर्न नपाउने अवस्था बनाउने भनेर प्रचण्डले राजीनामाको अस्त्र प्रयोग गर्न सकेको भए स्थिति अर्कै हुने थियो’, गजुरेलले भनेका छन्, ‘आलोपालो त्यागेर कार्यकारी अध्यक्ष स्वीकारेको तर त्यो भूमिका पनि नदिँदा दुवै पद तपाइँ नै चलाउनोस् भनेर प्रचण्डले त्यसो गरेको भए प्रधानमन्त्री केपी ओलीले गम्भीर रूपमा सोच्न बाध्य हुनुपर्थ्यो ।’

    आफ्नो सल्लाह मानेको भए एउटा निकास निस्कने तथा अहिले प्रचण्डमाथि पदलोलुपता देखाएको भनेर लागेका आरोप पनि खारेज हुने गजुरेलको भनाई छ ।

    गजुरेल प्रचण्डको निकट भएर काम गरेका नेताका रुपमा गनिन्छन् । तर पछिल्लो पटक उनी प्रचण्डको साथ छाडेर अर्का अध्यक्ष केपी ओलीसँग नजिकिएको चर्चा हुने गर्छ । तर गजुरेलले भने अहिले पार्टी फुटको दिशामा जानु हुँदैन भन्ने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।


    सोमवार, श्रावण १९ २०७७०७:१९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij