Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
कांग्रेसको १४औं महाधिवेशन

यति धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा मैले कहिल्यै देखेको थिइनँ : भाजपा नेता हर्ष वर्धन

यति धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा मैले कहिल्यै देखेको थिइनँ : भाजपा नेता हर्ष वर्धन

  • शुक्रवार, मंसिर २४ २०७८

  • 369
    SHARES

  • यति धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा मैले कहिल्यै देखेको थिइनँ : भाजपा नेता हर्ष वर्धन

    काठमाडौँ । भारतीय जनता पार्टीका नेता एवं पूर्व मन्त्री डा. हर्षवर्धनले नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एकसाथ एउटै मञ्चमा देख्न पाएको बताए । उनले यस्तो भारतमा पनि देख्न नपाएको धारणा उनले राखेका हुन् । नेता हर्ष वर्धनले एक अर्कोको कार्यक्रममा नेपाली राजनीतिक दलहरुको संस्कारको प्रशंसा समेत गरेका छन् ।

    काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले एउटा पार्टीको महाधिवेशनमा देशका सबै पार्टीका नेता उपस्थित हुनु पनि आफ्नो लागि नौलो रहेको बताउँदै विश्वमा यस्तो कतै पनि नदेखिएको बताए । केही दिन पहिले एमालेको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवा आफै उपस्थिति भएको कुरालाई उल्लेख गर्दै उनले नेपाली राजनीतिक दललाई बधाई दिए । कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालको सहभागिता रहेको छ ।

    नेपाल–भारतको सम्बन्धबारे कुरा राख्दै उनले सन् २०१५ मा नेपालमा भूकम्प आउँदा भारतीय जनतालाई पनि पीडा भएको जिकिर गरे । त्यस्तै कोभिडमा पनि भारतले नेपालीका लागि औषधीको व्यवस्था गरेको स्मरण गरे । ’कोभिड भारतमा पनि थियो तर नेपाल–भारतको सम्बन्ध यस्तो छ, त्यसका आधारमा भारतले नेपाललाई सहयोग गरेको थियो,’ उनले भने । त्यो बीचमा भारतका प्रधानमन्त्री मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच दुईपटक भेट भएको धारणा राखेका थिए ।

    नेपालको बारेमा भारतका प्रधानमन्त्री मोदी निकै चिन्तित रहेको बताउँदै नेता हर्षवर्धनले नेपाल–भारत बीचको सम्बन्ध अद्भुत रहेको बताए । नेपाल–भारतको बीचमा रहेको मुटुको सम्बन्ध, सामाजिक सम्बन्धलाई अझै बढाउनुपर्ने कुरामा जोड दिँदै उनले नेपाल अझ समृद्ध होस् भनी कामना गरे । 


    शुक्रवार, मंसिर २४ २०७८०३:४६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij