Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कांग्रेसको १४औं महाधिवेशन

काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन

काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन

  • शुक्रवार, मंसिर २४ २०७८

  • 716
    SHARES

  • काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन

    काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा हजारौँ नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको उपस्थितिमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन समारोहको सभापतित्व पनि सभापति शेरबहादुर देउवाले गर्नुभएको छ भने समारोहमा काँग्रेसका शीर्ष नेताहरुका साथै विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको छ । उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विदेशी पाहुना समेतको उपस्थिति रहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रममा जानकारी दिनुभयो।

    काँग्रेसको महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शनिबारदेखि सुरु हुनेछ । यस्तै मतदान आइतबार हुनेछ । काँग्रेसको सभापतिमा हालसम्म शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने रामचन्द्र पौडेल पक्षले भने उम्मेदवारको टुंगो लगाइसकेको छैन । यस्तै आजै, सभापति देउवाले काँग्रेसको एप पनि उद्घाटन गर्नुभएको छ ।


    शुक्रवार, मंसिर २४ २०७८०२:५६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij