Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

  • शुक्रवार, मंसिर २४ २०७८

  • 670
    SHARES

  • पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

    काठमाडौं - नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घाेषणा गर्ने भएका छन्  । पछिल्लाे पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसाे साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घाेषणा गर्न लागेका हुन् ।

    राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।

    ramesh-kharel.jpg.jpg


    शुक्रवार, मंसिर २४ २०७८०७:३५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij