काठमाडौँ – कांग्रेस युवा नेता गगन थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ पार्टी पुनर्जागरण र रुपान्तरणका लागि अवधारणापत्र सार्वजनिक गर्नु भएको छ ।
हरेक उम्मेदवारले आफ्नो उम्मेदवारीका लागि अवधारणा पत्र बनाउनु पर्नेमा कांग्रेसमा निकै कम मात्रै हुने गरेको चर्चा गर्दै उहाँले महामन्त्रीमा निर्वाचित भएपछि आफूले गर्ने कामहरुको खाका पेश गर्नुभएको छ ।

आफ्नै सक्रिय जीवनकालमा प्रत्येक नेपाली समुन्नत नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु सुखी राष्ट्रको प्रतिष्ठित नागरिकको रुपमा चिनाउने अठोट आफ्नो रहेको उहाँले बताउनुभयो ।
थापाको अवधारणा पत्र निम्नानुसार छ ।