काठमाडौँ । नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरको बालकोटमा रहेको जर्मन होम्स हस्पीटालिटिमा बस्ने भएको छ । महाधिवेशन अघिसम्म भक्तपुरकै च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा राख्दै आएकोमा महाधिवेशनपछि केन्द्रीय कमिटिको आकार ठूलो भएकाले जर्मन होम्समा बस्ने भएको हो ।
महाधिवेशनपछि एमाले केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको कुल सङ्ख्या ३०१ पुगेको छ । एमाले केन्द्रीय किमिटिको दोस्रो बैठक यही मंसिर २५ र २६ गते विहान ११ बजे सुरु हुनेगरी बस्ने तय भएको छ ।
बैठकको मिति चितवनस्थित दशौं राष्ट्रिय महाधिवेशन हलमै अध्यक्ष ओलीले घोषणा गर्नु भएको थियो भने बैठक स्थलको टुंगो हिजो पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो ।
महाधिवेशनपछिको पहिलो बैठक भने चितवनको सौराहामै बसेको थियो । दोस्रो केन्द्रीय कमिटीको बैठकको मुख्य एजेण्डा स्थायी कमिटी र पोलिटब्युरो कमिटी गठन गर्ने रहेको नेताहरुले जानकारी दिएका छन् ।