काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवारबारे सहमति नजिक पुगेको बताएका छन् । केही दिनयता छलफललाई तिव्रता दिएको संस्थापन इतर पक्षले थप छलफल गरेर आजै सभापतिको साझा उम्मदेउवार घोषणा गर्ने दाबी गरेको छ ।
आफूहरु सहमितको नजिक पुगिसेको भन्दै आजै सभापतिको साझा उम्मेदवार घोषणा गर्ने नेता धनराज गुरुङले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । ‘आज सहमति गरेर सभापतिको साझा उम्मेदवार घोषणा गर्छौ’, उहाँले भन्नुभयो, ‘आज पनि सहमतिमा नपुगे त सभापतिमा उम्मेदवार नै नदिए भइहाल्यो नि !’