Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

पाल्पाका पूर्वसभापति रानाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने, पार्टीलाई विधि र पद्धतिमा हिँडाउन योगदान गर्ने अठोट

पाल्पाका पूर्वसभापति रानाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने, पार्टीलाई विधि र पद्धतिमा हिँडाउन योगदान गर्ने अठोट

  • मंगलवार, मंसिर २१ २०७८

  • 769
    SHARES

  • पाल्पाका पूर्वसभापति रानाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने, पार्टीलाई विधि र पद्धतिमा हिँडाउन योगदान गर्ने अठोट

    बुटवल – लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    नेपाली काँंग्रेसका युवा नेता तथा प्रखर वक्ता रानाले आज बुटवलमा पत्रकार सम्मेलन गरी आदीवासी जनजाति तर्फको खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

    प्रदेश मन्त्री रानाले पार्टीलाई विधि, पद्धति, नीति, नियम तथा अनुशासनको मार्गमा हिँडाउन, सबैको समान पहुँच र अधिकार स्थापित गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको स्पष्ट पार्नुभयो ।

    पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ हुँदै वडा तहबाट जिम्मेवारी निर्वाह गर्दै आउनुभएका राना यसअघि दुई कार्यकालसम्म पाल्पा जिल्लाको पार्टी सभापति हुनुभएको थियो ।

    उहाँले जिल्लास्तरको जिम्मेवारी क्षमताले भ्याएसम्म कुशलतापूर्वक पूरा गरेकाले आफू अव केन्द्रीय सदस्यको स्वभाविक उम्मेदवार भएको उल्लेख गर्नुभयो ।

    समग्र लुम्बिनी प्रदेशको विकासलाई प्रभावकारी बनाउन, पार्टी पद्धति संस्कारयुक्त बनाउन, राजनीतिक दलमा देखिएको वितृष्णा हटाउन पनि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ ।

    नेपाली काँग्रेसलाई शसक्त जुझारु बनाउन, युवा पुस्तालाई राजनीतिमा क्रियाशील बनाउन रानाले सक्रिय भूमिका निर्वाह गर्दै आएकोले रानालाई केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो ।

    यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौमा हुने काँग्रेसको १४आैं महाधिवेशनमा आदीवासी जनजाति तर्फको खुल्ला केन्द्रीय सदस्यमा नेता रानालाई अगाडि सारेको जिल्ला सभापति श्रेष्ठले जानकारी दिनुभयो ।


    मंगलवार, मंसिर २१ २०७८०८:२०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij