Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

पत्रकार महासंघकी उपाध्यक्ष अधिकारीद्धारा पद त्याग, काँग्रेसको राजनीतिमा लाग्ने घोषणा

पत्रकार महासंघकी उपाध्यक्ष अधिकारीद्धारा पद त्याग, काँग्रेसको राजनीतिमा लाग्ने घोषणा

  • मंगलवार, मंसिर २१ २०७८

  • 1.0K
    SHARES

  • पत्रकार महासंघकी उपाध्यक्ष अधिकारीद्धारा पद त्याग, काँग्रेसको राजनीतिमा लाग्ने घोषणा

    काठमाडौँ । नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले पद त्याग गरेको घोषणा गर्नु भएको छ । महासंघको पदाधिकारीमा रहेर पार्टी राजनीतिमा सक्रिय हुन नमिल्ने भएकाले उपाध्यक्ष पद त्याग गर्न लागेको अधिकारीले उल्लेख गर्नु भएको छ ।

    उहाँले आफू अव महासंघको नेतृत्वमा नबस्ने र काँग्रेसको राजनीतिमा लाग्ने घोषणा गर्नु भएको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गृहजिल्ला ओखलढुंगाबाट उहाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

    निर्वाचित भएपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको विधान, आचारसंहिताको पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाइ हेक्का छ, नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर महासंघको नेतृत्वमा पु¥याउनुहुने सम्पूर्ण मतदाताहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’

    उहाँले आगामी योजनाका बारेमा उल्लेख गर्दै थप लेख्नु भएको, ‘म महासंघको नेतृत्वमा नरहे पनि तपाइँहरूको मतको उच्च सम्मान गर्दै हर हमेशा तपाइँहरूको माझ सुख–दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर ।’ उहाँले अव पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेगरी महासंघको जिम्मेवारी त्यागेको र पात्रकारिता छाडेको बताउनुभयो ।

     


    मंगलवार, मंसिर २१ २०७८०७:२८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij