Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापन इतरको बैठक आज

सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापन इतरको बैठक आज

  • मंगलवार, मंसिर २१ २०७८

  • 417
    SHARES

  • सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापन इतरको बैठक आज

    काठमाडौँ । पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदार बनाउनेबारे नेपाली कांग्रेस संस्थापनइतर पक्षमा प्रयास जारी छ । यो प्रयासलाई सहमतिसम्म पुर्‍याउन नेताहरु निरन्तर लागिपरेका छन् ।

    सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको संस्थापन इतर समूहका शीर्षनेताहरुको बैठक सकारात्मक दिशामा अघि बढेको नेताहरुको दाबी छ । यो समूहले यसबारे आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग आज थप छलफल गर्दै छ ।

    सोमबार साँझ बोहराटारमा सभापतिका आकांक्षीहरु पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो ।

    शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज दिउँसो १ बजे सभापतिकै आकांक्षी प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बोलाइएको छ ।

    दुई दिनभित्र सभापतिको साझा उम्मेदवार तय गर्ने समझदारी बनेको बताइएको छ । सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन आज बैठक बस्न लागेको हो ।


    मंगलवार, मंसिर २१ २०७८०७:२९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij