काठमाडौँ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागीता जनाउने नेपाली टोली आज मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ढाका जाने टोलीलाई बिदाइ गरेको छ ।
च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले घोषणा गरेका २३ सदस्सीय टिममा ६ जना राष्ट्रिय टोलीमा रहिसकेका खेलाडी छन् । च्याम्पियनसिपमा आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्ने छ । नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्ने छ । राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ ।
नेपालले यसपटक उपाधि जित्ने लक्ष्य बनाएको छ । मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले च्याम्पियनसिपमा टिमको लक्ष्य उपाधि रहेको बताए । कप्तान तथा गोलकिपर अन्जना राना मगरले पनि टिमको लक्ष्य च्याम्पियन बन्ने रहेको बताएकी छन् ।
नेपाली टिम :
अन्जना राना मगर, सावित्री किशन, अंकिता राई, सलोनी राना मगर, सबिना चौधरी,मन्जु कुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ,रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता राना मगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुका कुमारी आले मगर ।