Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

३२ अंकले बढ्यो नेप्से, ४ अर्ब ५४ करोडको कारोबार

३२ अंकले बढ्यो नेप्से, ४ अर्ब ५४ करोडको कारोबार

  • सोमवार, मंसिर २० २०७८

  • 864
    SHARES

  • ३२ अंकले बढ्यो नेप्से, ४ अर्ब ५४ करोडको कारोबार

    काठमाडौँ । केहि दिनयता लगातार घटेको शेयर बजार परिसूचक नेप्से आज भने बढेको छ ।

    नेप्से आज ३२ दशमलव २२ अंकले उकालो लागेर २ हजार ५ सय ४६ दशमलव ०८ विन्दुमा पुगेको छ ।

    आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय २७ कम्पनीका ९४ लाख ७१ हजार कित्ता शेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १७ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ १३, विकास बैंक १५७, फाइनान्स ५७, होटल तथा पर्यटन ४१, जलविद्युत ८२, जीवन बीमा १२३, उत्पादन ६२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा २६, अन्य ३१ ब्यापार उपसमूह ३ अंकले बढेका छन् ।

    कुल १५७ कम्पनीको मूल्य बढ्यो भने २५ कम्पनीको घट्यो । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । मेरो माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो । एक्सल डेभलपमेन्टको ९.५ तथा साहस उर्जाको ८ प्रतिशतले मूल्य बढ्यो । समग्र बजार बढे पनि जनउत्थान लघुवित्तको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।


    सोमवार, मंसिर २० २०७८०३:४६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij