Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले महाधिवेशनमा एमालेले जस्तो शक्तिप्रदर्शन गर्दैन: देउवा

कांग्रेसले महाधिवेशनमा एमालेले जस्तो शक्तिप्रदर्शन गर्दैन: देउवा

  • सोमवार, मंसिर २० २०७८

  • 592
    SHARES

  • कांग्रेसले महाधिवेशनमा एमालेले जस्तो शक्तिप्रदर्शन गर्दैन: देउवा

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ ।

    आज बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाले पार्टीको आन्तरिक गतिविधि भएकाले शक्ति प्रदर्शन आवश्यक नरहेको बताउनुभयो । ‘पार्टीको महाधिवेशन गर्ने हो,’ उहाले भन्नुभयो, ‘शक्ति प्रदर्शन हामीले गर्दैनौं।’ कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दुःख नदिने देउवाको भनाइ छ ।

    एमालेले कञ्चनपुरदेखि झापासम्मका मान्छे ल्याएर शक्ति प्रदर्शन गरेको उहाको भनाइ थियो । ‘अलि अलि मान्छे त भइहाल्छन् । बागमतीका जिल्लाबाट कार्यकर्ता आउँछन् । सकेसम्म कम आउन भनेका छौं,’ उहाले भन्नुभयो, ‘कोरोनाको अर्को भेरियन्ट आएको छ । शक्ति प्रदर्शन गर्ने बेला यो होइन नि । एमाले जस्तो कार्यकर्ता ल्याएर शक्ति प्रदर्शन कांग्रेसले गर्दैन ।’

    पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले महाधिवेशनमा सहयोग गर्नसमेत आग्रह गर्नुभयो । प्रधानमन्त्रीको सचिवालयले बोलाएको सीमित पत्रकारबीच देउवाले १४औं महाधिवेशनमा पनि सभापति लड्न लागेको भन्दै सहयोग गर्नसमेत आग्रह गर्नुभएको थियो ।

    कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा हुँदै छ ।


    सोमवार, मंसिर २० २०७८१२:४८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij