Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

वागमती प्रदेशको सभापतिमा बानियाँ निर्वाचित

वागमती प्रदेशको सभापतिमा बानियाँ निर्वाचित

  • सोमवार, मंसिर २० २०७८

  • 508
    SHARES

  • वागमती प्रदेशको सभापतिमा बानियाँ निर्वाचित

    हेटाैंडा । नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । दाेस्राे चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

    बानियाँले १ हजार ८५ मत प्राप्त गरे । केसीले ९ सय २७ मत पाए । यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।

    पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए । सभापति शेरबहादुर देउवानिकट बानियाँ वागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।


    सोमवार, मंसिर २० २०७८०६:३८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij