Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्र सोताङको अध्यक्षमा गोबिन्द नाछिरिङ

माओवादी केन्द्र सोताङको अध्यक्षमा गोबिन्द नाछिरिङ

  • आइतवार, मंसिर १९ २०७८

  • 851
    SHARES

  • माओवादी केन्द्र सोताङको अध्यक्षमा गोबिन्द नाछिरिङ

    सोलुखुम्बु : नेकपा माओवादी केन्द्र सोताङ गाउँपालिकाको अध्यक्षमा गोबिन्द नाछिरिङ राई चयन भएका छन् । यही १५ गते सम्पन्न पालिकाको प्रथम सम्मेलनबाट राईको अध्यक्षतामा ५५ सदस्य पालिका समिति गठन गरिएको हो ।

    समितिको दुई उपाध्यक्षमा बिनोद बस्नेत, टेकमान तामाङ र जसना नाछिरिङ चुनिएका छन् । सचिवको जिम्मेवारी धनकुमार विश्वकर्माले पाएका छन् भने सहसचिवमा चित्रमणी राई चयन भएका छन् । कोषध्यक्षको जिम्मेवारी सरस्वती राईलाई दिइएको छ ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र सोलुखुम्बु इन्र्चाज एवं संघीय सांसद हेमकुमार राई, जिल्ला अध्यक्ष गोम्बु शेर्पा, सचिव असीम राई, प्रदेश समिति सदस्य हिमाल गिरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    पालिकामा अहिले ६ सय २१ भन्दा बढी क्रियाशील सदस्य छन् । अझै सदस्यता विस्तार गर्दै लगिने अध्यक्ष राईले बताएका छन् ।


    आइतवार, मंसिर १९ २०७८०७:२०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij