Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट

साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट

९ कम्पनीको मात्रै मूल्य बढ्यो
  • आइतवार, मंसिर १९ २०७८

  • 884
    SHARES

  • साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पुँजीबजार मापक परिसूचक ’नेप्से’ ७२ दशमलव ३० अंकले घटेर २ हजार ५सय १३ दशमलव ८९ विन्दुमा ओर्लिएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज चार अर्ब नौ करोड सात लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज कारोबारमा आएका २२६ कम्पनीका ८९ लाख २० हजार ८९४ कित्ता सेयर किनबेच भएका छन् ।

    यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४ दशमलव १५ अंकले घटेर ४ सय ७३ दशमलव ३७ विन्दुमा ओर्लिएको छ ।

    आज सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ४०, ब्यापार ११८, होटल तथा पर्यटन ८२, विकास बैंक २०३, जलविद्युत ९६, फाइनान्स १०८, निर्जीवन बीमा २५१, उत्पादन १२४, अन्य ७१, माइक्रोफाइनान्स १३१ र जीवन बीमा ३७२ अंकले घटे ।

    न्यादी हाइड्रोपावरको मूल्य भने १० प्रतिशतले बढेको छ । योबाहेक अरु ८ कम्पनीको सेयर मूल्य पनि बढ्यो । नयाँ सारथी लघुवित्तको मूल्य ४ प्रतिशतले बढ्यो । मैलुङखोला, युनिलिभर, नारायणी डेभलपमेन्ट, अजोड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट र बोटलर्स नेपालको मूल्य सामान्य बढेको छ ।


    आइतवार, मंसिर १९ २०७८०३:३७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij