Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राप्रपामा नयाँ नेतृत्व : सपथ ग्रहण कार्यक्रममा कमल थापा अनुपस्थित

राप्रपामा नयाँ नेतृत्व : सपथ ग्रहण कार्यक्रममा कमल थापा अनुपस्थित

  • आइतवार, मंसिर १९ २०७८

  • 426
    SHARES

  • राप्रपामा नयाँ नेतृत्व : सपथ ग्रहण कार्यक्रममा कमल थापा अनुपस्थित

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनबाट निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित भएका छन् । कार्यक्रम प्रज्ञा प्रतिष्ठानको भवनमा भएको हो ।

    आइतबार आएको मतपरिणाममा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भएका थिए । तर, प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रममा थापा उपस्थित छैनन् । पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी भने उपस्थित छन् । निर्वाचनमा जबराले थापालाई र लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए ।

    पराजित भएका थापाले पूर्वराजा ज्ञानेन्द्रलाई दोषारोषण गरेका थिए । उनले निर्मल निवासले नाङ्गो हस्तक्षप गरेको भन्दै २०६३ सालदेखि राजसंस्था बोकेको पुरस्कार पाएको बताएका थिए । निर्वाचनमा खसेको मतमध्ये लिङ्देनले १८ सय १७ मत पाएका थिए भने थापाले १६१७ मत पाएका थिए। ४३१ मत भने बदर भएको थियो ।


    आइतवार, मंसिर १९ २०७८०३:१९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij