काठमाडौँ । विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता भएको छ । ललितपुरमा आज आयोजित कार्यक्रममार्फत सिटिजन्स फोरम र जनता दरबार र विवेकशील साझाबीच एकताको घोषणा गरिएको हो ।
एकीकृत पार्टीको नाम पनि ‘विवेकशील साझा पार्टी’ राखिएको छ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ राखिएको छ । यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र रहनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तीमा उल्लेख छ ।
साझा पार्टीको केन्द्रीय समिति सदस्यलाई निरन्तरता दिँदै सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल गराइएको छ । त्यसैगरी केन्द्रीय कार्यसम्पादन समितिमा पनि फोरम र दरबार पार्टीका १० जना सदस्यहरू थपिएको घोषणा पत्रमा उल्लेख छ ।
एकीकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुने जनाइएको छ ।