Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधान्यायाधीशलाई महाअभियोग लगाउन संसद बैठक आह्वान गरिएको सत्ता गठबन्धनको खुलासा

प्रधान्यायाधीशलाई महाअभियोग लगाउन संसद बैठक आह्वान गरिएको सत्ता गठबन्धनको खुलासा

  • शुक्रवार, मंसिर १७ २०७८

  • 940
    SHARES

  • प्रधान्यायाधीशलाई महाअभियोग लगाउन संसद बैठक आह्वान गरिएको सत्ता गठबन्धनको खुलासा

    काठमाडौं – सत्तारुढ गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारी र नेकपा माओवादी केन्द्र का सांसद रामनारायण बिडारीले अब बस्ने संसद बैठकले सो विषय प्रवेश पाउने बताएका हुन् ।

    सांसद अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँका विरुद्धमा महाअभियोग लाग्न सक्छ, लाग्नुपर्छ । अरु कुराबाट भन्दा पनि उहाँ महाअभियोगबाटै जानु बेस । राजीनामा किन माग्ने ? संविधानतः पनि उहाँलाई महाअभियोग लगाएर बिदा गर्नुपर्छ । र अदालतमा कोही पनि कानूनभन्दा माथि छैन भन्ने सिद्ध हामीले गर्नुपर्छ । संवैधानिक बाटोबाटै यो समस्याको समाधान गर्ने योजनालाई जारी राखौं । त्यो कुरामा हामी सबै लाग्नु पर्छ ।’


    सत्तासाझेदार माओवादी केन्द्रका सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसीर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशमाथि छानविन गर्न ११ सदस्यीय संसदीय छानविन समिति गठन हुने समेत जिकिर गर्नुभयो ।

    दलहरूले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन छलफल गरिरहेको भन्दै बिडारीले भन्नुभयो, ‘संसदमा ११ जनाको छानविन समिति बन्छ । त्यसका निम्ति दलहरूले काम गरिरहेका छन् । दलहरूले आफ्नो काम गरिरहेका छन् । अबको एक हप्ता पछाडिबाट यो काम सुरू हुन्छ । र, यस्ता प्रधानन्यायाधीशलाई भविष्यमा राज्यको सबै सेवा प्राप्त नहुने गरी कालो लिष्टमा पर्नेगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न पाउने गरी खत्तम पार्नका निम्ति प्रतिनिधिसभामा होमवर्क भइराखेको छ । काम हुन्छ ।’


    शुक्रवार, मंसिर १७ २०७८०६:०५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij