काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीका उम्मेदवार धवलशमसेर जवराले पार्टीका वर्तमान अध्यक्ष कमल थापालाई जनताले पत्याउन छाडेकाले नयाँ अध्यक्ष ल्याउनु परेको बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “कमल थापालई अध्यक्ष नै बनाइरहेमा जनताले भोट नदिने अवस्था रहेकाले पार्टीको अध्यक्ष परिवर्तन गर्नु परेको हो ।
”अध्यक्ष थापाको विगतको भूमिका राम्रो नदेखिएको, विवादास्पद र शंकास्पद रहेको आरोप पनि उहाँले लगाउनुभयो । पार्टीको नेतृत्व भरपर्दो, विश्वासीलो र बलियो नभएकाले राप्रपाका एजेण्डाहरु ओझेल परेको नेता राणको भनाई छ ।
“नेपाली जनताले परिवर्तन चाहेका छन, राजतन्त्र चाहेका छन्, त्यो राप्रपाको एजेण्डा छ, तर नेतृत्व बलियो र भरपर्दो नभएकाले यो एजेण्डा ओझेलमा परेको छ,” उहाँले भन्नुभयो ।