Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

महिला संघको तर्फबाट उपाध्यक्ष तिवारी काँग्रेस केन्द्रीय सदस्यमा उठ्ने

महिला संघको तर्फबाट उपाध्यक्ष तिवारी काँग्रेस केन्द्रीय सदस्यमा उठ्ने

  • शुक्रवार, मंसिर १७ २०७८

  • 795
    SHARES

  • महिला संघको तर्फबाट उपाध्यक्ष तिवारी काँग्रेस केन्द्रीय सदस्यमा उठ्ने

    काठमाडौँ । नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी अर्यालले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुने भएको छ ।

    महिला संघमा रहेर लामो समयदेखि काम गरेकाले आफुलाई देशभरका सवै महिलाहरुको पूर्ण समर्थन रहने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    त्यसैगरी नेपाल तरुण दलको महिला विभाग प्रमुख समेत भएर काम गरेकाले तरुण दल तर्फबाट पनि आफुलाई पुरै सहयोग हुने उहाँको भनाई छ । स्याङ्जाको वालिङ घर भएपनि पार्टीको कामका लागि देशभरी पुग्नु भएकी तिवारीले आफुलाई पार्टी केन्द्रीय समितिमा उम्मेदवारी दिन देशभरीका नेता कार्यकर्ताहरुले सुझाव दिएकाले केन्द्रीय सदस्यमा उठ्न लागेको जानकारी दिनुभयो ।

    अहिले महाधिवेशन प्रतिनिधिमा निर्वाचित अधिकांशले आफुलाई चिनेकाले र उहाँहरुकै सुझावका आधारमा उम्मेदवारी दिन लागेकाले महिला तर्फबाट आफुले जित्ने उहाँको आँकलन छ ।

    काँग्रेस नेतृ तिवारी तीन कार्यकालदेखि लगातार काँग्रेसको महाविधेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुदै आउनु भएको छ ।

    आफुलाई लागेको कुरा प्रष्टसँग राख्ने र सवैसँग मिल्न सक्ने स्वभावकी तिवारी सामाजिक विक्रिति विसंगती, अन्याय अत्याचार, विभेद अन्त्य गर्ने अठोटका साथ १२ बर्षको उमेर देखि नै राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्छ ।

     


    शुक्रवार, मंसिर १७ २०७८०९:१६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij