Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको बागमती प्रदेश सभापतिमा बाँनियाद्धारा उम्मेदवारी घोषणा

काँग्रेसको बागमती प्रदेश सभापतिमा बाँनियाद्धारा उम्मेदवारी घोषणा

लामा प्रस्तावक र थापा समर्थनक
  • बिहिवार, मंसिर १६ २०७८

  • 554
    SHARES

  • काँग्रेसको बागमती प्रदेश सभापतिमा बाँनियाद्धारा उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    बाँनियाले काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बागमती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो ।

    उहाँले भन्नुभयो, “कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउन मैले सशक्त भूमिका खेल्नेछु,” परिवर्तनको आन्दोलनदेखि संविधान जारी र यसको कार्यान्वयनसम्म आउँदा कांग्रेसले आफुले पाएको जिम्मेवारी पुरा गरेको दावी समेत उहाँले गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘यो कुरा गर्ने पार्टी होईन, काम गर्ने पार्टी हो । कम्युनिष्टबाट जनतालाई सपनाको पोकै पोका, तर धोकै धोका भयो । हामी त्यस्तो गर्दैनौं । हिजो जनताले कम्युनिष्टलाई प्रचुर बहुमत दिएकै हुन्, तर प्रचुर बहुमत पाएर नेकपाले केही गर्न सकेन् । बरु, जनतामा निराशा छायो ।’

    बानियाँले आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने अठोट पनि व्यक्त गर्नुभयो । उहाँको उम्मेदवारीको प्रस्तावकमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा सहनुभएको छ ।

    बानियाँका समर्थक लामाले नेपालको स्थायी शक्ति नै नेपाली कांग्रेस भएकाले जनताले चाहेको समाज काँग्रेसले मात्रै बनाउन सक्ने र त्यसका लागि बानियाँको नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले बानियाँलाई जुझारु नेताको रुपमा चित्रण गर्दै उहाँले नेतृत्व पाएमा काँग्रेस पनि जुझारु हुने दावी गर्नुभयो ।

    त्यस्तै, बानियाँको उम्मेदवारीका समर्थक थापाले बानियाँलाई योग्य र सक्षम उम्मेदवार भएकाले उहाँले जितेमा काँग्रेस धेरै प्रशावशाली र चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।

    आफूहरुले धेरै पक्षसँग धेरै लामो छलफलपछि आफूहरुको समूहबाट प्रदेश संसदीय दलका नेता रहेका बानियाँलाई बागमती प्रदेशको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

    घोषणा कार्यक्रममा नेताहरु बहादुरसिंह लामा, पुर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा, बागमती प्रदेशका सांसद कल्पना नेपाली, ललितपुर जिल्लाका निवर्तमान सभापति मदन अमात्य र रामेछापका सभापति कान्छाराम तामाङ, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानालगायतका नेताहरुको बाक्लो उपस्थिति थियो ।

     


    बिहिवार, मंसिर १६ २०७८०८:१५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij