Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राप्रपासँग माधव नेपालको आग्रह : परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगरियोस्

राप्रपासँग माधव नेपालको आग्रह : परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगरियोस्

  • बुधवार, मंसिर १५ २०७८

  • 441
    SHARES

  • राप्रपासँग माधव नेपालको आग्रह : परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगरियोस्

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगर्न राप्रपासँग आग्रह गरेका छन् । अध्यक्ष नेपालले राप्रपाले राष्ट्रियताको एजेण्डालाई अगाडि बढाउनुपर्ने तर परिवर्तनलाई रोक्ने चेष्टा गर्न नहुने बताए ।

    राप्रपाको एकता महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले ‘राप्रपाले उठाएको राष्ट्रियताको एजेण्डालाई उठाइराखोस् तर परिवर्तनको गतिलाई रोक्ने काम नगरोस् । इतिहास बदल्ने चेष्टा नगरौं, अघि बढिसकेको इतिहास अब पछाडि जान सक्दैन’, नेपालले भने ।

    उनले राजनीतिक परवर्तनको मूल कारण आन्तरिक हुने भन्दै सबै परिवर्तनमा विदेशी शक्तिलाई दोष दिन नहुने बताए । विदेशीहरूले हस्तक्षेपबारे सतर्क भने हुनैपर्ने नभए विदेशीको जालमा पर्ने उनले बताए ।

    उनले नेपालमा देशभक्त, लोकतान्त्रिक र परिवर्तनकारी गरेर ३ खालको राजनीतिक चरित्र रहेको बताए । एकीकृत समाजवादीले ती तिनवटै विचारलाई अगाडि बढाउने नेपालले बताए ।


    बुधवार, मंसिर १५ २०७८०३:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij