Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

‘पार्टीलाई सिद्धान्त, विधि र पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरे’

‘पार्टीलाई सिद्धान्त, विधि र पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरे’

  • बुधवार, मंसिर १५ २०७८

  • 448
    SHARES

  • ‘पार्टीलाई सिद्धान्त, विधि र पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरे’

    काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई सिद्धान्त, विधि पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन प्रयास गरेको बताएका छन् । त्यसै अनुसार आफूले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।

    रावल चितवनमा भएको एमालेको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर केपी शर्मा ओलीसँग पराजित भएका थिए । उनले बुधबार ट्वीट गर्दै आफूले १० औं महाधिवेशनमा अध्यक्ष पदमा दिएको उम्मेदवारीबारे बताएका हुन् ।

    ‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ,’ उनले लेखेका छन् । अध्यक्षमा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत मात्रै ल्याएका थिए ।


    बुधवार, मंसिर १५ २०७८०२:५६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij