Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • बुधवार, मंसिर १५ २०७८

  • 269
    SHARES

  • कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको मंगलबारको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभएको थियो ।

    मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित नभएपछि मत विभाजन भने आज मात्रै गर्न लागिएको हो । एमालले चितवनमा जारी पार्टीको दशौं महाधिवेशनलाई कारण देखाउँदै मंगलबारको प्रदेश सभामा उपस्थिती नजनाएको हो । आज विश्वासको मत लिँदा मुख्यमन्त्री शाहीले प्रष्ट बहुमत पाउने देखिएको छ ।

    यसैबीच, कर्णली प्रदेश मन्त्री परिषद्मा एक जना मन्त्री थप गरिएको छ । मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    नवनियुक्त मन्त्री विष्टले मंगलबार नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको सपथ लिनुु भएको छ ।


    बुधवार, मंसिर १५ २०७८०८:२८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij