Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राप्रपाको महाधिवेशन आजदेखि : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने

राप्रपाको महाधिवेशन आजदेखि : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने

  • बुधवार, मंसिर १५ २०७८

  • 465
    SHARES

  • राप्रपाको महाधिवेशन आजदेखि : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने

    काठमाडाैं - राजासहित हिन्दु राष्ट्रकाे एजेन्डा बाेक्दै आएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ ।

     भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशनको बिहान ११ बजे उद्घाटन गर्ने तयारी छ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।

    महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् ।

    तीन जना अध्यक्षमध्ये  प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।


    बुधवार, मंसिर १५ २०७८०७:३७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij