विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण भारतमा पनि निरन्तर बढिरहेको छ । त्यहाँ लगातार पाँचौं दिन ५० हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएका हो । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा भारतमा कोरोना संक्रमणका ५२ हजार नौ सय ७२ बिरामी देखापरेका छन् ।
मन्त्रालयले सोही अवधिमा सात सय ७१ जनाको संक्रमणबाट मृत्यु भएको जनाएको छ । भारतमा मृत्यु हुने संक्रमितको संख्या ३८ हजार एक सय ३५ पुगेको छ । भारत सरकारले जारी गरेको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या १८ लाख तीन हजारभन्दा बढी पुगिसकेको छ । जसमध्ये ११ लाख ८६ हजार संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । बीबीसी